हुन्डाईको हाईवे एसुरेन्स कार्यक्रम : हाईवेमा फ्रि चेक अप क्याम्प सञ्चालनमा

हुन्डाईको हाईवे एसुरेन्स कार्यक्रम : हाईवेमा फ्रि चेक अप क्याम्प सञ्चालनमा

नेपालको लागि गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रा.ली.ले ‘हुण्डाई हाईवे एसुरेन्स’ कार्यक्रम सञ्चालन गरेको छ । 


Advertisement

कम्पनीले आफ्ना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुण्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको छ ।  


Advertisement

नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुण्डाई गाडीमा घर फर्कंदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेक अप क्याम्पमा ग्राहकहरुले आफ्नो हुण्डाई गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निशुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ ।

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड (काँकड्भित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार  (सीरीन हाईवे), भरतपुर (बाल मन्दिर चोक), चौराहा ( बुटवल, नेपालगंन्ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक), वीरगंज (पतलैया चोक) र हेटौंडा (बाईपास मार्ग, कपुर कम्पलेक्स) हरुमा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरिएको छ ।


Advertisement

यो कार्यक्रम असोज २४ देखि २६ गते सम्म बिहान १० बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछ ।         
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्