
रुसको टाटरस्तानमा आइतवार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ ।
यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरूलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ ।
दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । रासस/सिन्ह्वा