०२ असार २०८३, मंगलबार

सुदूरपश्चिमको नाका भएर दुई सातामा ३४ हजार नेपाली स्वदेश फर्किए

सुदूरपश्चिमको नाका भएर दुई सातामा ३४ हजार नेपाली स्वदेश फर्किए
फाइल तस्वीर।

पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ । दशैं-तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो । 

सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य भारतका विभिन्न सहरबाट चाडपर्व मनाउन यहाँको गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको प्रहरीले जनाएको छ ।

बितेको दुई सातायतायता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र  गौरीफन्टा नाकाबाट १० हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किनेको भीड बढेपछि प्रहरीले सीमा क्षेत्रको सुरक्षा सर्तकता बढाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्