०९ असार २०८३, मंगलबार

‘प्रेस’ कार्ड दुरुपयोगप्रति महासङ्घको ध्यानाकर्षण

‘प्रेस’ कार्ड दुरुपयोगप्रति महासङ्घको ध्यानाकर्षण

नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले जिल्लाका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरका नाममा ‘प्रेस’ कार्ड वितरण गरेर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको छ । महासङ्घले सूचना जारी गर्दै ती कार्डधारी व्यक्तिहरूले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको कार्यप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

महासङ्घका अध्यक्ष श्रवणकुमार देवद्वारा जारी गरिएको सूचनामा सो कार्यले  पत्रकारितालाई बदनाम गर्ने कार्य भइरहेको भन्दै त्यस्ता मिडिया हाउस र ती व्यक्तिहरूलाई सचेत गराइएको जारी सूचनामा उल्लेख गरेको छ ।

यद्यपि, सो कार्य दोहोरिएको पाइए कारबाहीका लागि सम्बन्धित निकायसमक्ष पत्रकार महासङ्घ जाने र त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवारी मिडिया हाउस र कार्डधारी व्यक्ति स्वयम् हुने सूचनामा भनिएको  छ । पछिल्लो समयमा जिल्लामा खुलेका केही नयाँ अनलाइनले जथाभावी तरिकाले रिपोर्टरका नाममा केही व्यक्तिलाई ‘प्रेस’ कार्ड वितरण गरेको र ती कार्डधारी, ती व्यक्तिले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको सूचना प्राप्त भएको महासङ्घले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्