
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं निर्वाचन तथा विश्व सम्मेलन स्थगित भएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले आगामी ६ महिना भित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित गरेको जानकारी दिए ।
क्षेत्रीका अनुसार महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिएपछि निर्वाचनका सबै प्रकृया रोकिएका हुन् । संघको महाधिवेशन अक्टुबर २३ देखि २५ मा हुने तय भएको थियो ।