१२ असार २०८३, शुक्रबार

क्यान्सस सिटी नेपाली साेसाइटीकाे नयाँ कार्यसमिति चयन तथा दशैँ विशेष कार्यक्रम सम्पन्न

क्यान्सस सिटी नेपाली साेसाइटीकाे नयाँ कार्यसमिति चयन तथा दशैँ विशेष कार्यक्रम सम्पन्न

क्यान्सस सिटी नेपाली साेसाइटीकाे नयाँ कार्यसमिति चयन तथा दशै विशेष कार्यक्रम क्यान्सस सिटीकाे ओभरल्याण्ड पार्कमा गत शनिवार सम्पन्न भएकाे छ । 

नेपाली राष्ट्रिय गान र माैलीक नेपाली धिमे बाजाबाट शुरू भएकाे दशै विशेष कार्यक्रममा स्थानीय कलाकारहरुकाे सास्कृतिक कार्यक्रम प्रस्तुतिसँगै चर्चित गायक दिपेश किशाेर भट्टराईकाे विशेष साङ्गीतिक प्रस्तुती रहेकाे थियाे ।

कार्यक्रममा साेसाइटीका अध्यक्ष दिनेश गुरुङले गत दुई वर्षमा सोसाइटीले गरेका गतिविधिहरुकाे बारेमा जानकारी गराउनुका साथै सोसाइटीलाई सहयाेग पुर्याउनु हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए।

सुबाेध अधिकारीकाे संयाेजकत्वमा रहेकाे तीन सदस्यीय  निर्वाचन समितिले पुन: दिनेश गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।

निर्वाचन समिति संयोजक अधिकारीले नयाँ कार्य समितिलाई सपथ ग्रहण गराएका थिए।

त्यसै गरि उक्त कार्यक्रममा विभिन्न समयमा सोसाइटीलाई योगदान दिने व्यक्तित्वहरु डा. ज्याेति रिसाल, डा.मन्दिरा राजकर्णिकार, डा. सिल्भिया राजभण्डारी, नेपाली पाठशालाकी शिक्षक सृजना उप्रेती, बालबालिकाहरुका लागि संचालन गरीएकाे आइटी काेडीङ क्लासका शिक्षक अभिशेष दाहाल र साेसासाइटीका आइटी विभाग प्रमुख प्रविन अधिकारीलाई सम्मान गरिएकाे थियाे ।

 उक्त कार्यक्रममा स्थानीय कवि राजेन राईले कविता वाचन गरेका थिए भने कार्यक्रम संचालन दिपेश भट्टराई र कल्पना तामाङले गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्