
सोमवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन सुन ९० हजार ७ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।