२६ असार २०८३, शुक्रबार

फन पार्कमा रमाइलो गरे सशस्त्र तालिबान लडाकूहरूले

असोज २५, २०७८
फन पार्कमा रमाइलो गरे सशस्त्र तालिबान लडाकूहरूले

तालिबान नेताहरूले अफगानिस्तानको राजधानी काबुलस्थित एक फन पार्कमा रमाइलो गरेको तस्वीर सार्वजनिक भएको छ । 

रमाइलो गर्ने क्रममा उनीहरू सबै सशस्त्र थिए । 

सत्ता पाएपछि पनि तालिबान लडाकूहरू मैदानमा खटिएका छन् । छुट्टी पाउनेबित्तिकै उनीहरू काबुलको वाटरसाइड फन पार्क पुगेर रमाइलो गरेका हुन् । 

उनीहरूले पार्कमा झुला झुलेको र चिया पिएको देखिएको थियो । पार्कमा घुम्न पाउँदा आफूहरूलाई खुशी लागेको उनीहरूले बताए । 

यसअघि पनि तालिबान लडाकूहरूले फन पार्कमा रमाइलो गरेको बच्चाहरूको झुलामा झुलेको देखिएको थियो । केही लडाकूहरूले बच्चाको इलेक्ट्रिक कार चलाएका थिए । उनीहरूले रमाइलो गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्