०१ असार २०८३, सोमबार

कास्कीको घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको अवस्था चिन्ताजनक

कास्कीको घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको अवस्था चिन्ताजनक

कास्कीको घान्द्रुकमा सोमवार दिउँसो सवा २ बजे भएको जीप दुर्घटनामा ८ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप दुर्घटनामा ८ जना गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले लोकान्तरलाई जानकारी दिए । दुर्घटनामा अर्का एकजना सामान्य घाइते भएका छन् । 

जीप कलाभीर भन्ने ठाउँबाट करीब १५० मिटर तल खसेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । 

 

salt training

कमेन्ट गर्नुहोस्