२३ जेठ २०८३, शनिबार

कोरोना अपडेट : थपिए ७८५ संक्रमित, १२ जनाको मृत्यु

कोरोना अपडेट : थपिए ७८५ संक्रमित, १२ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १९५ नमूना परीक्षणमध्ये ६६३ पीसीआर र १२२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार २४३ पुगेको छ । 

मन्त्रालयका अनुसार थप ८८८ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ७६ हजार ८३१ पुगेको छ । 

हाल मुलुकभर १४ हजार ७८७ सक्रिय संक्रमित छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्