२५ जेठ २०८३, सोमबार

भोलि सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति भण्डारी सरिक हुने

असोज २५, २०७८
भोलि सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति भण्डारी सरिक हुने

नेपाली सेनाले परम्परागत रूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मंगलवार फूलपाती बढाइँ गर्दैछ । 

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलवार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनेछिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

सो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ । त्यसअवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुुनेछ ।

कोभिड–१९ को संक्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम आयोजना गरिन लागेको हो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्