
मध्य भोटेकोसी जलविद्युत कम्पनीको सेयरमा अन्तिम दिनसम्ममा मागभन्दा ४.५६ गुणा बढी आवेदन परेको छ । सीडीएससीका अनुसार कम्पनीको आईपीओमा सोमबार साँझ ५ बजेसम्ममा २४ लाख ७६ हजार ४८१ आवेदकबाट ३ करोड ७३ लाख ४८ हजार ४० कित्ता सेयरका लागि आवेदन परेको छ । जुन मागभन्दा ४.५६ गुणाले बढी भएको खबर राजधानी दैनिकमा छापिएको छ।