०१ असार २०८३, सोमबार

सामान्यझै देखिने दुईतले घरको बेडरुमदेखि शौचालयसम्म २४ क्यारेटको सुन प्रयोग ! (फोटो फिचर )

कात्तिक २०, २०७४
सामान्यझै देखिने दुईतले घरको बेडरुमदेखि शौचालयसम्म २४ क्यारेटको सुन प्रयोग ! (फोटो फिचर )
काठमाडौं, १५ पुस– बाहिर इँट्टा छापिएको सामान्यझैं देखिने यो घरको बेडरुम देखि शौचालयसम्म २४ क्यारेटको सुनको प्रयोग गरिएको छ ।
 
अष्ट्र्रेलियाको कोमेरास्थित क्वीनल्याण्डमा रहेको उक्त घरको भित्री डेकोरेशनका कारण चर्चित छ । घरमालिकले उक्त घर ४१ करोड मूल्यमा लिलामी शुरु गरेका छन् ।

२४ क्यारेट सुनको धारा , मार्बलको बेन्च र क्यान्डल लाइटहरु घरमा रहेका छन् ।
३ बेडरुम,२ बाथरुम रहेको उक्त घर ठूलो व्यापारीको झै देखिन्छ । भित्री डेकोरेशन भने पूरै सुविधा र आरामदायी जीवनशैलीको छ ।

‘यो घरको भित्र सुनले लेपन गरिएको बेसिन, मार्बलले निर्मित बेन्चहरु, सीसाका स्वीच र क्यान्डल लाइटहरुले सजाइएको छ र यो एक ठूलो होटेल झै देखिन्छ’ घर जग्गा कारोबारी मारियाले बताए ।

बेटी रोडको नजिक रहेका उक्त घरमा उच्च कोटीको कार्पेट र हातले बुनेका पर्दाहरु रहेका छन् । घरभित्र अँध्यारो स्पेनिस मार्बलले सजाइएको छ । कपडा धुने छुट्टै कोठा र किचेन गरी आरामदायी कोठाहरु रहेका छन् ।

यो घर ड्रिमवल्र्ड थिम पार्कबाट ४ मिनेटको दूरीमा रहेको छ । डेलीमेल


salt training

कमेन्ट गर्नुहोस्