धनी महिलाले १५ वर्ष कान्छो ‘लभर’लाई मासिक १८ लाख तलब दिन्छिन् ! [भिडियो]

सामान्यतया समान उमेर समूहबीच ‘लभ’ हुने गर्छ । अपवादबाहेक उमेरमा फरक भयो भने बढीमा ४–५ वर्षसम्म हुने गर्छ ।


Advertisement

‘द सन यूके’मा प्रकाशित रिपोर्टअनुसार धनी महिला ४४ वर्षीया जुलीले आफूभन्दा १५ वर्ष कान्छो अर्थात् २९ वर्षीय केटालाई ‘लभर’ बनाएकी छन् । दुवै सँगै बस्छन् र जुलीले केटालाई १५ हजार डलर अर्थात् मासिक १८ लाख नेपाली रुपैयाँ बराबर तलब दिने गरेकी छन् ।


Advertisement

जुलीले ती केटालाई तलब दिएबापत खाना पकाउने, सरसफाइ गर्नेदेखि बाँकी सबै काम गराउने गरेकी समाचारमा उल्लेख छ । यसबारेमा जुलीले टिकटकमा भिडियो नै सार्वजनिक गरेकी छन् ।

कतिपयले कान्छा उमेरका केटाले बुढेसकालमा छाडेर जानसक्नेतर्फ सचेत गराउँदा जुलीले भनेकी छन्, ‘यसको डर मेरो लभरलाई हुनुपर्छ, म उसलाई छाडिदिन्छु कि भन्ने डर ।’ जुली धनी भएकाले उनलाई धनको घमण्ड रहेको जनाइएको छ । 


Advertisement

@julie.withthebooty Questions I get asked as sugar mama #cougar #cougartok #cougarville #cougarsoftiktok ♬ The Magic Bomb (Questions I Get Asked) [Extended Mix] - Hoàng Read
एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्