
भक्तपुरको तलेजु मन्दिरमा बुधवार बलिरहित पूजा सम्पन्न गरिएको छ ।
हरेक वर्ष दशैंमा बुधवार तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष कोरोना भाइरस संक्रमणका कारण तलेजुमा बलि नदिई पूजा सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पूजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उनले जानकारी दिए ।
गुठी संस्थानको खर्चमा हुने वर्षौदेखि चल्दै आएको बलि दिने परम्परा गत वर्ष र यस वर्ष कोरोना भाइरस संक्रमणका कारण रोकिएको उनले जानकारी दिए ।
तलेजुलाई मूल चोकको दशैं घरमा विराजमान गराउने वर्षौंदेखिको परम्परा समेत यसवर्ष रोकिएको छ । कोरोनाकै कारण गत वर्ष र यसवर्ष तलेजुलाई मूल घरबाट दशैंघर नलगिएको मूल नाइके जोशीले जानकारी दिए ।
यस वर्ष कुमारीलाई काठमाडौंस्थित कुमारी घरमै राखिएको छ । कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भएपनि यसवर्ष भने कुमारीलाई तलेजुमा ल्याइएको छैन ।
यस वर्ष कुमारी जीवीका बज्राचार्यलाई क्वाठण्डौमा राखेर पूजा गरिएको छ ।