भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले दशैंको नवमीको दिन दूतावासमा झण्डा पूजा गरेका छन् । नयाँ दिल्लीको बाह्रखम्वा रोडस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा राजदूत आचार्यले झण्डा पूजा गरेका हुन् । कार्यक्रममा दूतावासका कर्मचारीहरु सहभागि थिए ।
सरकारले फिर्ता बोलाएपछि राजदूत आचार्य केही दिनमा स्वदेश फर्किदै छन् । आचार्यले मंगलवार मात्र भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृङ्गलासँग विदाई भेट गरेका थिए ।
पूर्ववर्ती केपी शर्मा ओली सरकारले नियुक्त गरेका राजदूत आचार्यलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । आचार्य नेपाल भारत सन्धी पुनरवलोकनका लागि गठित प्रबुद्ध समूहका सदस्य समेत हुन् ।