२४ जेठ २०८३, आइतबार

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीको सन्देश– राष्ट्रनिर्माणमा एकजुट हुन प्रेरणा मिलोस्

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीको सन्देश– राष्ट्रनिर्माणमा एकजुट हुन प्रेरणा मिलोस्

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले राष्ट्रनिर्माणमा एकजुट हुन विजया दशमीले प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै रेग्मीले भनेका छन्– एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमीले सबैलाई राष्ट्रनिर्माणमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

उनले जनअपेक्षा अनुसार राजनीतिक स्थायित्व र गतिशीलता हुनुपर्नेमा कताकता रुमल्लिएको जस्तो अवस्था रहेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

‘जनअपेक्षाअनुरूप राजनीतिक अभ्यास स्थायित्वका साथ गतिशील हुनुपर्नेमा रुमल्लिएको अवस्थामा पुग्नाले त्यसले सबै क्षेत्रलाई अल्मल्याएको छ, प्रभावित भएको छ । अहिलेको राजनीतिक अवस्था र संवैधानिक अभ्यासले कामचलाउ प्रकृतिको झल्को दिइरहेको छ,’ रेग्मीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘त्यसैपनि नेपालमा लामो समयदेखि नै राजनीतिक व्यवस्थापनमै समय बित्यो । हाल आएर पनि राजनीतिमै अल्झी रही अन्य कुरा गौण हुन पुग्दा संविधानतः केही भएर पनि केही भएजस्तो नदेखिनु सुखद् पक्ष होइन ।’

हेर्नुहोस्, शुभकामना सन्देश :


 

salt training

कमेन्ट गर्नुहोस्