
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व भएको बताएका छन् ।
विजयादशमीअन्तर्गत नवमीका अवसरमा आज पोखरा–१७ विरौटास्थित राममन्दिरमा पूजाआराधना गर्दै उनले संवैधानिक हकअधिकार उपयोग गर्दै थप अधिकारका लागि निरन्तर अघि बढ्नुपर्ने बताए ।
प्रदेश प्रमुख गुरुङले संवैधानिक व्यवस्थाअनुसार नेपाल धर्मनिरपेक्ष घोषणा भएको उल्लेख गर्दै धर्म संस्कृतिले मानिसलाई सत्कर्ममा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
राम मन्दिर व्यवस्थापन समिति अध्यक्ष लीलाभक्त आचार्यले उनलाई स्वागत गर्दै मन्दिरको गतिविधिबारे अवगत गराराएका थिए ।
मन्दिर परिसरमा स्थानीय समाजसेवीलगायत भक्तजनको सहभागिता थियो ।