१५ असार २०८३, सोमबार

कोरोना अपडेट : थपिए ४५५ संक्रमित, ८ जनाको मृत्यु

कोरोना अपडेट : थपिए ४५५ संक्रमित, ८ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २१४ नमूना परीक्षणमध्ये ३९८ पीसीआर र ५७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार २६९ पुगेको छ । 

मन्त्रालयका अनुसार थप ८०४ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ७९ हजार १५४ पुगेको छ । 

हाल मुलुकभर १३ हजार ८५३ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्