काठमाडौँ, ६ असार– राष्ट्रिय प्रजातन्त्रका नेता इन्द्रप्रसाद ढुङ्गेलको आज बिहान ७३ वर्षका उमेरमा निधन भएको छ ।
उनी पेट र मधुमेह रोगसम्बन्धी समस्याले चाबहिलस्थित ॐ अस्पतालमा उपचाररत थिए। विसं २००७ मा नेपाली काँग्रेसमा प्रवेश गरी राजनीतिक गतिविधि सुरु गरेका ढुङ्गेलले प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनले सिन्धुली जिल्ला पञ्चायत सभापति तथा विज्ञान र प्रविधि राज्यमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुका थिए । उनी राप्रपाका संस्थापक नेता हुन् ।
उनी श्रीमती, दुई छोरा र पाँच छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।