२८ जेठ २०८३, बिहीबार

जब मन्त्री यादवलाई पत्नीले झुपडीमा स्वागत गरिन् ...

जब मन्त्री यादवलाई पत्नीले झुपडीमा स्वागत गरिन् ...
तस्वीर: उपेन्द्र यादव राजबाबु

पटक–पटक सांसद भएर पनि रामसहायप्रसाद यादव मन्त्री बन्न पाएका थिएनन् । मधेश केन्द्रित राजनीतिमा लागेर कुनै दलको पदाधिकारी भएकामध्ये मन्त्री बन्ने अवसर नपाउने अपवाद थिए रामसहाय यादव । 

असोज २२ गते भएको मन्त्रिपरिषद् विस्तारमा यादवले पहिलो पटक मन्त्री बन्ने सौभाग्य पाए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको महासचिव समेत रहेका यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाए । 

मन्त्री बनेको १ हप्तापछि बिहीवार मन्त्री यादव बारा जिल्लामा रहेको आफ्नो जन्म घरमा पुगे । प्रायः राजनीतिक दलका नेताका परिवार नेतासँगै राजधानीमै आलिसान महलमा बस्छन् । मन्त्री यादवकी धर्मपत्नी भने गाउँमै बस्छिन् ।

बिहीवार मन्त्री यादव सरकारी सुरक्षाकर्मी र पार्टीका कार्यकर्तासहित गाउँ पुग्दा पत्नी चम्पादेवी गाउँमा साधारण भेषमा उपस्थित थिइन् ।

मन्त्री यादवलाई चम्पादेवीले दोसल्ला र माला लगाएर स्वागत गरिन् । मन्त्री यादवले पनि पत्नीलाई दोसल्ला जस्तै सल ओढाएर माला लगाइदिए ।

यो दृष्यले त्यहाँको वातावरण भावुक बनेको त्यहाँ उपस्थित जसपाका कार्यकर्ताले बताएका छन् । मन्त्री यादवले बुधवार बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा गएर पूजा गरेका थिए ।

यादव पहिलो संविधान सभामा बारबाट प्रत्यक्ष निर्वाचित भएका थिए । राजनीतिमा उनी सादगी नेताको रूपमा परिचित छन् । 

अधिकांश नेताहरूले राजधानी काठमाडौं र तराईकै शहरमा घर जोडेको भए पनि मन्त्री पत्नी अहिलेसम्म गाउँमै छिन् । सक्रिय राजनीतिमा आउनुपूर्व यादव शिक्षक थिए । 

salt training

कमेन्ट गर्नुहोस्