नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधवार साँझ १ व्यक्तिले गरेको तीर आक्रमणमा परी ५ व्यक्तिको मृत्यु हुनुका साथै अन्य २ घाइते भएका प्रहरी स्रोतले जनाएको छ ।
स्थानीय समय अनुसार बुधवार साँझ ६ः१३ बजे आक्रमण भएको बताइएको छ ।
सन्दिग्ध आक्रमणकारी ३७ वर्षीय डेनिश नागरिकलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ । डेनिश नागरिकले अन्धाधुन्ध एक्लै तीर आक्रमण गरेको प्रहरीको अनुमान रहेको छ ।
के कति कारण आक्रमण भएको सो भने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
हताहत भएकाहरूका केही सुपरमार्केटमा फेला परेका थिए । जसमध्ये ड्युटीमा नरहेका १ जना प्रहरी अधिकारीको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्ग डरलाग्दो आक्रमण भएको भनी यस आक्रमणको निन्दा गरेकी छन् । यो कार्य आतंकवादीको हो या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताएकी छन् ।
घटनापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भनिन्, ‘मलाई थाहा छ कि धेरै मानिसहरू त्रसित भएका छन् तर अवस्था अहिले प्रहरीको नियन्त्रणमा छ भन्ने कुरा पनि बुझ्नुपर्छ ।’