०२ असार २०८३, मंगलबार

विजयादशमीले राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने पूर्व अध्यक्ष रेग्मीको विश्वास

असोज २८, २०७८
विजयादशमीले राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने पूर्व अध्यक्ष रेग्मीको विश्वास

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमीले सबैलाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

विजयादशमी २०७८ का अवसरमा बिहीवार एक शुभकामना सन्देश दिँदै सांस्कृतिक रूपमा समृद्ध हाम्रो नेपाली समाजमा विशेष रूपमा मनाइँदै आएको पर्व विजयादशमीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले सो धारणा व्यक्त गरे ।

उनले सुख र समृद्धिको कामनासहित शुभकामना आदानप्रदान गरिरहँदा समग्र नेपालीको आमसरोकारको विषय स्मरण भइरहेको छ भन्ने सन्दर्भ उल्लेख गर्दै कोरोनाबाट सुरक्षित होऔं र सुरक्षित साथ दशैं मनाऔं भन्ने आह्वान पनि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्