०७ असार २०८३, आइतबार

गाँजा भारततर्फ लैजाने नयाँ शैली सार्वजनिक

असोज २८, २०७८
गाँजा भारततर्फ लैजाने नयाँ शैली सार्वजनिक
प्रतिकात्मक तस्वीर

लागूऔषधका रूपमा प्रयोग गरिने गाँजा नेपालको बाटो हँुदै भारततर्फ भारतीय सवारी साधनमार्फत जाने गरेको नयाँ शैली सार्वजनिक भएको छ ।

पछिल्लो पटक पर्साको वीरगञ्जबाट प्रहरीले बेवारिसे अवस्थामा एनएल ०१ के ०७५४ भारतीय नम्बरको ट्यांकरमा ग्यासको बुलेटभित्र लुकाई राखिएको अवस्थामा गाँजा फेला पारेपछि यस्तो नयाँ शैली सार्वजनिक भएको हो । 

पर्सा प्रहरीले बिहीवार दिएको जानकारीअनुसार वीरगञ्ज महानगरपालिका–२५ स्थित भन्सार कार्यालय वीरगञ्ज (आईसीपी) गेटनजिक ग्यासको बुलेटको ट्यांकरमा लुकाइएको अवस्थामा १२० किलो लागूऔषध गाँजा फेला परेको थियो । 

ट्रक र गाँजा नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

ट्यांकरका चालक र सहचालक फरार छन् । गाँजा नेपालबाट भारततर्फ लैजाने उद्देश्यले ट्रकमा लुकाइएको हुनसक्ने र यसबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
 

कमेन्ट गर्नुहोस्