२२ जेठ २०८३, शुक्रबार

शाहरुख खानका छोरा आर्यनलाई जेलको खाना मन नपरेपछि ...

असोज २८, २०७८
शाहरुख खानका छोरा आर्यनलाई जेलको खाना मन नपरेपछि ...

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान उतिबेला लागूऔषधि सम्बन्धी मुद्दामा जेलमा रहेका छन्, रिहाइका लागि अपिल गरिएपनि अदालतले उनलाई जमानत दिएको छैन ।

बिहीवारको आदेशअनुसार आगामी ५ दिन अदालत बन्द रहने भएकाले आर्यनले कम्तिमा २० अक्टोबरसम्म जेलमै बस्नुपर्ने भएको छ ।

जेलको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार आर्यनलाई जेलको खाना मन परिरहेको छैन । आर्यन जेलभित्र हैरान छन् । जेलभित्र सहज नभएका कारण आर्यन अधिकांश समय तनाव र हैरान देखिने गरेका छन् ।

जेल स्रोतले भन्यो, ‘जेलभित्र घुलमिल हुन समय लाग्छ, जेलभित्रको दुनियाँ अलग्गै हुन्छ ।’ आर्यनसँगै पक्राउ परेका अन्य व्यक्तिलाई सुरक्षाको कारण देखाउँदै छुट्टाछुट्टै राखिँदा उनी एक्लै परेका छन् । आर्यनसँगै ६ आरोपी पक्राउ परेका थिए ।

पक्राउ परेपछि आर्यनको क्वारेन्टीन अवधि १३ अक्टोबरमा पूरा भएको छ । सबै आरोपीको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्