जेठ ९, २०७९
नेपालको कम्युनिष्ट आन्दोलनको लागि चीनको सांघाई सहरसँग तुलना हुने सुनसरीको धरानले यस पटकको निर्वाचनमा मूलधारका राजनीतिक दलका उम्मेदवारलाई विस्थापित गरी अभियन्ता हर्कराज राई साम्पाङलाई उपमहानगरको नेतृत्व ...
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेकी हुन् । उनले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा हार्दिक आव्हानसमेत गरेकी छन् ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “आफ्ना हात सफा राख्नु स्वास्थ्यको हिसाबले अत्यन्तै महत्वपूर्ण कार्य हो, हात सफा नभएका कारणले नै अनेक सङ्क्रमण भई विश्वभर कैयौँ मानिसले मृत्युवरण गर्नु परेको तथ्याङ्क पाइन्छ । राम्ररी मिचीमिची साबुनपानीले हात धुने र सफा पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भई झाडापखालालगायत अन्य फोहरजन्य रोगब्याधीबाट बच्न सकिन्छ ।”
राष्ट्रपति भण्डारीले सो सन्देशमा हाल विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरससमेतको सङ्क्रमणबाट बच्ने प्राथमिक उपायमध्ये हातको सरसफाइ पनि एक भएको उल्लेख गरेकी छन् ।
सन् २००८ अक्टोबर १५ तारिखदेखि नेपालमा हामीले विश्व हात धुने दिवस मनाउँदै आइरहेका छौँ । यस वर्षको विश्व हात धुने दिवसको मूल विषय ‘हाम्रो भविष्य हाम्रै हातमा छ, हामी सबै एक साथ अगाडि बढौँ’ भन्ने रहेको छ । आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
“वर्तमान अवस्थामा हातको माध्यमबाट कोरोना भाइरसको सङ्क्रमण मुख र नाकसम्म जान नपाओस् भनेर बारम्बार हात धुनुपर्ने हुन्छ । कोभिड–१९ को सङ्क्रमणबाट आफू बच्न र अरूलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी सचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरकार‚ निजी क्षेत्र र विभिन्न सङ्घ–संस्थासँगको समन्वयात्मक कार्यलाई निरन्तरता दिनु पर्दछ”, सन्देशमा भनिएको छ ।
नेपालको कम्युनिष्ट आन्दोलनको लागि चीनको सांघाई सहरसँग तुलना हुने सुनसरीको धरानले यस पटकको निर्वाचनमा मूलधारका राजनीतिक दलका उम्मेदवारलाई विस्थापित गरी अभियन्ता हर्कराज राई साम्पाङलाई उपमहानगरको नेतृत्व ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को यही जेठ १३ गते कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बस्ने भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने उक्त बैठकमा प्रदे...
मोरङका १७ वटै पालिकाका प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला, सुनवर्षी नगरपालिकाका श्याम राजवंशी, सुन्दरहरैँचाका केदारप्रसाद गुरागाईँ, रंगेलीका दिली...
स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा विश्लेषण गर्दा उक्त उमेर समूहमा विभिन्न पदम...
पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारले विभिन्न विधिहरू प्रयोग गर्नुपर्ने बताएका छन् । त्यसका ला...
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले बाँके जिल्लामा पालिकाको प्रमुख जित्न सकेन । विसं २०७४ को निर्वाचनमा चार पालिका र ३१ वडा जितेको एमालेले सबै पालिकामा नेतृत्व गुमाउँदै २१...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...