
मुम्बई – हिन्दी सिनेमा ‘बाहुबली २’ ले बक्सअफिसमा ५० दिनभन्दा धेरै दिनको व्यापार गरिसकेको छ । फिल्म अझै पनि भारतका एक हजारभन्दा बढी हलमा प्रदर्शन भइरहेको छ ।
भारतमा मात्र ५१० करोडभन्दा बढीको व्यापार गरेको उक्त चलचित्रको सफलता सेलिब्रेट गर्नका लागि निर्माता करण जोहरले एक पार्टी राखे । जुन पार्टीमा बाहुबली अर्थात प्रभास, राणा दगुबती, वरुण धवन, अर्जुन कपुर लगायतका सेलिब्रेटी उपस्थिति थिए ।
पार्टीमा अन्य स्टारहरुले रमाइलो गर्दै बाहुबलीको भूमिका समेत निभाएका थिए ।
एसएस राजामौलीले निर्देशन गरेको उक्त चलचित्रलाई करण जोहरले हिन्दी राइट्स खरिद गरेका थिए ।