०७ असार २०८३, आइतबार

सोमालियाको मोगादिशुमा कार बम आक्रमण, कम्तीमा नौजनाको मृत्यु

कात्तिक २०, २०७४
सोमालियाको मोगादिशुमा कार बम आक्रमण, कम्तीमा नौजनाको मृत्यु

काठमाडौं, ६ असार — सोमालियाको राजधानी मोगादिशुमा मंगलवार एक आत्मघाती कार बम विस्फोटन हुँदा कम्तीमा नौजनाको मृत्यु भएको एक प्रहरी अधिकारीले बताएका छन् ।


फाइल फोटो
क्याप्टेन मोहमद हुसेनका अनुसार दूध ओसारपसार गर्ने भ्यानमा आक्रमणकारी बसेर मोगादिशुको वादाजिर जिल्लामा घुसेको थियो ।

हुसेनका अनुसार मृत्यु हुनेमा अधिकांश सर्वसाधारण छन् ।

अल–कायदासँग आबद्ध अल–शबाब अपतवादी समूहले आतंकवादी आक्रमणको जिम्मेवारी लिएको छ ।

एक हप्ताअघि मात्र अल–शबाबका बन्दुकधारीहरूले मोगादिशुको एक रेस्टुराँमा कब्जा जमाएर ३१ जनाको हत्या गरेका थिए ।

एपीबाट

salt training

कमेन्ट गर्नुहोस्