प्रेमिकाले महिनामा २ पटक मात्रै नुहाउने भएपछि गन्हाएर प्रेमी हैरान, भेटिएन समाधान !

प्रेमिकाले महिनामा २ पटक मात्रै नुहाउने भएपछि गन्हाएर प्रेमी हैरान, भेटिएन समाधान !
प्रतिकात्मक तस्वीर

प्रेमीप्रेमिकाबीच विभिन्न विषयमा विवाद हुन्छन् र कतिपय विवाद आपसी समझदारीमा समाधान पनि गरिन्छन् ।


Advertisement

तर मिरर यूकेमा प्रकाशित एक रिपोर्टअनुसार एक जोडी प्रेमीप्रेमिकाबीच समाधान नहुने खालको अनौठो विवाद देखिएको छ ।


Advertisement

प्रेमिकाले महिनामा २ पटक मात्रै नुहाउने भएका कारण शरीर गन्हाएर प्रेमी हैरान भएका छन् । प्रेमीले आफ्नो पहिचान गोप्य राख्दै सामाजिक सञ्जाल रेडडिटमा गरेको खुलासाअनुसार ननुहाएको विषयमा प्रेमीप्रेमिकाबीच विवाद हुने गरेको छ ।

प्रेमिकाले ननुहाउँदा गन्हाएर प्रेमीले छुट्टै सोफामा सुत्नुपर्ने बाध्यता रहेको समेत समाचारमा उल्लेख छ । उनकी प्रेमिकाले १५ दिनमा बढीमा १ पटक नुहाउने गरेकी छन् । दुवै प्रेमीप्रेमिका विगत ३ वर्षदेखि सँगसँगै बसिरहेका छन् ।


Advertisement

दुवै छुट्टाछुट्टै बस्ने गरेका बेला प्रेम सम्बन्ध शुरू भएको थियो । तर सँगसँगै बस्न थालेपछि प्रेमीले प्रेमिकाको खराब बानीबारे थाहा पाए । ननुहाउने समस्या समाधानका लागि प्रेमीले प्रेमिकासँग छलफल समेत गरे तर प्रेमिका रिसाएर केही दिन बोलचाल नै बन्द भएको रिपोर्टमा उल्लेख छ ।

ती प्रेमीले भने, ‘म उनलाई प्रेम गर्छु तर उनी नुहाउँदैनन् भन्ने मलाई थाहा थिएन । उनी हरेक दोस्रो हप्तामा अधिकतम एकपल्ट नुहाउने गर्छिन् ।’
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्