जेठ ९, २०७९
प्रहरीले खैरो हेरोइनसहित एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले २४६ ग्राम खैरो हिरोइनसहित भक्तपुरका २७ वर्षीय विवेक त्चायना, ताप्लेजुङका ३४ वर्षीय कर्णबहादुर सेलिङ...
काठमाडाैं | असोज ३०, २०७८
काठमाडौं महानगरपालिका– १६ बालाजुका ३६ वर्षीय राम थापा १ वर्षअगाडि लकडाउन खुलेको समयमा सिंहदरबारको पश्चिम गेटअगाडि ट्राफिक लाइट उल्लङ्घन गर्दा कारवाहीमा परे ।
भर्खर सामान्य लकडाउन खुलेको समयमा त्यहाँ ट्राफिक लाइट छ भन्ने भेउ (पत्तो)सम्म पाएनन् । पाऊन् पनि कसरी त्यसभन्दा अगाडि त्यहाँ भएका ट्राफिक लाइटहरू बल्दैनथे ।
दैनिक बानेश्वर कार्यालय आउने उनी करीब ८ वर्षपछि लाइट सञ्चालनमा आएकोमा खुशी थिए, कारवाही परेको भन्दा पनि ।
उनले लकडाउनकै समयमा अनलाइनमार्फत ट्राफिकको कक्षा लिए । १ हजार जरिवाना समेत तिरे ।
अहिले भने त्यहाँ ट्राफिक लाइट छ भन्ने उनको मानसपटलमा आइरहन्छ । त्यति मात्र होइन, उपत्यकाका अन्य ठाउँमा ट्राफिक लाइट छ कि भनेर चनाखो भएर हिँड्छन् ।
भक्तपुरका हरिबहादुर कार्कीको लोकन्थली, कोटेश्वर, बानेश्वर हुँदै बागबजार आउनु दैनिकी हो । बागबजारमा कपडा पसल सञ्चालन गर्दै आएका उनी ४ महिनाअगाडि खालि सडक देखेर बानेश्वरबाट हुइँकिए । पसल खोले ।
पछि उनलाई फोन आयो, ‘म महानगरीय ट्राफिक प्रहरीबाट तपाईंले ट्राफिक लाइटको उल्लंघन गर्नुभएको छ । कारवाहीमा पर्नुभयो महाशाखामा आएर जरिवाना तिर्नु होला । १ घण्टाको कक्षा पनि लिनुपर्छ ।’
उनी अचम्ममा परे कसरी कारवाहीमा परेँ त ? उनले ट्राफिक प्रहरीसँग आफूले ट्राफिक नियम उल्लंघन नगरेको भन्दै प्रतिवाद पनि गरे । तर ट्राफिक प्रहरीले महाशाखामा आएर सीसीटीभी हेर्न आग्रह गरे ।
त्यही दिन आएर उनले बानेश्वरको सीसीटीभी हेरे ।
उनी रातो लाइट बलेको समयमा गाडी नरोकी हिँडेका रहेछन् । त्यसपछि उनी स्वीकार्न बाध्य भए । बिहान पसल खोल्न हतार भएर ८ बजेको समयमा गाडी कुदाएका रहेछन् । उनले अर्को दिन अनलाइन कक्षा लिए । लागेको जरिवाना समेत तिरे । त्यसयता अहिलेसम्म उनले ट्राफिक लाइट उल्लङ्घन गरेका छैनन् ।
पछिल्लो समयमा महानगरीय ट्राफिक प्रहरीले ट्राफिक लाइट उल्लंघन गर्नेको संख्यामा कमी आएको बताएको छ ।
‘मानिसहरू ट्राफिक लाइटमा अभ्यस्त हुँदै हुनुहुन्छ । पहिला ट्राफिक लाइट थिएन, अहिले विस्तारै जोडिँदैछन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले लोकान्तरसँग भने, ‘बानी नपरेको हामीलाई यसमा अभ्यस्त हुन कम्तीमा पनि दुई वर्ष लाग्छ ।’
एसएसपी भट्टराईका अनुसार ट्राफिक लाइटमा अभ्यस्त भइसकेपछि चोकचोकमा धेरै जनशक्ति बस्न पर्ने बाध्यता हट्ने दाबी छ । महाशाखाले उपत्यकामा प्रविधिमैत्री बनाउँदै लैजाने योजना अन्तर्गत विभिन्न एप्सहरू पनि ल्याएको छ भने ट्राफिक लाइटलाई प्राथामिकता दिएको छ ।
‘हामीले सडक विभागलगायत स्थानीय समाजसेवीहरूसँग र महानरपालिकासँग समन्वय गरेर उपत्यका भरी ट्राफिक लाइट राखिरहेका छौं,’ एसएसपी भट्टराईले लोकान्तरसँग भने, ‘जसले गर्दा सवारी व्यवस्थापनमा केही सहजता आउँछ र आममानिसहरू यसमा अभ्यस्त हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’
ट्राफिक लाइट जडान गर्दा मात्रै उपत्यकाको सवारी जाम कम नहुने र त्यसका लागि सरकारले सडक योजना बनाएर त्यसको विकल्प छिट्टै खोज्नुपर्ने प्रमुख भट्टराईले बताए ।
उपत्यकामा अहिले ३६ ठाउँमा ट्राफिक लाइट सञ्चालनमा छन् भने १८ ठाउँमा जोड्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाको तथ्याङ्क अनुसार उपत्यकाका पुतली सडक, तीनकुने एयरपोर्ट तर्फ, ठिमी चोक, पद्मोदयमोडमा २ वटा, गौशाला, सूर्यविनायक, कौशलटार, गठ्ठाघर, सल्लाघारी, मित्रपार्क, पुरानो बानेश्वर, नारायण गोपाल चोक, कालीमाटी कालीमाटी चित्तधर सालिक, सिंहदरबार, नयाँ बानेश्वर, मुक्ति भैरव, तीनकुने बानेश्वरतर्फ महानगरपालिकाको सहयोगमा ट्राफिक लाइट सञ्चालनमा आएका छन्।
त्रिपुरेश्वर, कुष्णपाउरोटी चोक, गैह्रीधारा, लैनचौर, अल्का अस्पताल, नागस्थान, गोल्डेन गेट एयरपोर्ट, महापाल चोक, महेन्द्र शालिक, भाटभाटेनी, नक्साल भगवती, हरिहर भवन लगायत १६ ठाउँमा राष्ट्रिय वाणिज्य बैंक, ललितपुर महानरपालिका, यति एयरलाइन्स र विभिन्न बैंकको सहयोगमा ट्राफिक लाइट जडान भएको महाशाखाले जनाएको छ ।
दशैंलगत्तै खानी विभाग, कमलादी, चाबहिल, चारढुङ्गे चोक, टुकुचा, इटालीयन मोड बालुवाटरमा एकै साथ सञ्चालनमा आउन लागेको छ ।
बबरमल, मीनभवन वृत्त बानेश्वर अगाडि, दमकलचोक ललितपुर, चुच्चेपाटी चाबहिल, रातोपुल, कालोपुल, सानो गौचरण, त्रिचन्द्र कलेज, भोटेबहाल, खिचापोखरी लगायत १८ ठाउँमा पेडेस्ट्रन कन्ट्रोल लाइटहरू सञ्चालनमा आउन लागेको महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताए ।
यसका साथै उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि रातिमा नाइट भिजन लेजर स्पीड गन, दिउँसोमा स्पीड गनहरूको प्रयोग भइरहेको महाशाखाले जनाएको छ ।
प्रहरीले खैरो हेरोइनसहित एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले २४६ ग्राम खैरो हिरोइनसहित भक्तपुरका २७ वर्षीय विवेक त्चायना, ताप्लेजुङका ३४ वर्षीय कर्णबहादुर सेलिङ...
बागलुङ नगर क्षेत्रमा अबदेखि जथाभावी सडक भत्काउन नपाइने भएको छ । नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले मनपरीरूपमा नयाँ सडक मार्ग खोल्न नदिइने जानकारी दिए । पद सम्हालेपछिको पहिलो पत्रकार अन्तक्र्रियामा बोल्द...
मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका–३ बायोखोलास्थित डाँडाबास–पालुङबाट प्रहरीले ४२२ किलो गाँजा बरामद गरेको हो । इलाका...
सरकारले स्थानीय तह सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा निर्वाचन आयोग, राजनीतिक दल, मतदातालगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । यही जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राष्ट्र स...
एक युवकको घाँटी रेटीे हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम छन् । ...
कछुवा संरक्षणका लागि नेपालमा कछुवाको पर्याप्त अध्ययन हुनुपर्ने संरक्षणकर्मीहरूले जोड दिएका छन् । विश्व कछुवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा संरक्षणकर्मीहरूले कछुवासम्बन्धी पर्याप्त अध्...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...