२२ जेठ २०८३, शुक्रबार

बेसहारा बालबालिकालाई राहत वितरण

असोज ३०, २०७८
बेसहारा बालबालिकालाई राहत वितरण
प्रतिकात्मक तस्वीर

डोटी जिल्लाको केआईसिंह गाउँपालिका–७ भूमिराजमाडौंका बेसाहारा बालबालिकालाई एमटीएस नामक गैरसरकारी संस्थाले राहत वितरण गरेको छ ।

बुवाको मृत्यु भएपछि आमाको स्वास्थ्य अवस्था बिग्रेर सहाराविहीन बनेका ३ बालबालिकालाई संस्थाले राहत वितरण गरेको हो । 

करीब ६ वर्ष पहिले बुवा रणबहादुर नेपालीको मृत्यु भएपछि उनीहरूका आमाको अवस्था पनि नाजुक बनेपछि छोराछोरीहरू १० वर्षीया खञ्जरी, ६ वर्षीया गच्ची र ३ वर्षीय पारस नेपाली विचल्लीमा परेका छन् ।

दशैंको समयमा पनि खाद्यान्न नहुँदा ३ बालबालिकालाई समस्या भएको जानकारी पाएपछि आफूहरूले राहतका लागि खाद्यान्न तथा लगाउनका लागि लुगाकपडा वितरण गरेको संस्थाका जिल्ला संयोजक डबलबहादुर बमले बताए । संस्थाले ५० किलो चामल, दाल, नून, तेल, साबुन र न्यानो लुगा सहितका सामग्री वितरण गरेको वडाध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्