×

NMB BANK
NIC ASIA

अन्तरिक्षमा चीनले गर्‍यो विनाशक हतियारको परीक्षण, अमेरिका स्तब्ध

असोज ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले अन्तरिक्षमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ । 

Muktinath Bank

गत अगस्ट महिनामा चीनले यो परीक्षण गरेको र अहिले आएर बल्ल यसलाई सार्वजनिक गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनले आणविक हतियार बोक्न सक्षम क्षेप्यास्त्रलाई अन्तरिक्षको तल्लो कक्षमा पठाएको थियो । यस क्षेप्यास्त्रले पहिले पृथ्वीको चक्कर लगायो अनि आवाजको भन्दा द्रुत गतिमा आफ्नो लक्ष्यतर्फ बढ्यो । 


Advertisment
Nabil box
Kumari

अन्तरिक्षमा क्षेप्यास्त्र प्रहार गर्ने क्षमता चीनबाहेक अरू कुनै देशसँग छैन । 

Vianet communication
Laxmi Bank

बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार, चीनको यो क्षेप्यास्त्र परीक्षण पूर्ण सफल भने भएन । क्षेप्यास्त्र आफ्नो लक्ष्यबाट ३२ किलोमिटर वरै खस्यो । 

चीनले हाइपरसोनिक ग्लाइड भेहिकललाई लंग मार्च रकेटमार्फत प्रक्षेपण गरेको थियो । 

उसले आफ्ना परीक्षणहरूको घोषणा गरिरहेको हुन्छ तर यसलाई चाहिँ गोप्य राख्यो । 

चीनको यस परीक्षणबाट अमेरिकी गुप्तचर संयन्त्र स्तब्ध भएको छ । यस विषयमा अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीलाई सोध्दा टिप्पणी गर्न मानेनन् । चीनले सैन्य क्षमता बढाउँदै लग्दा उसवरपरको क्षेत्र मात्र नभई विश्वमा नै तनाव बढ्ने कर्बीको भनाइ छ । 

चीनबाहेक अमेरिका, रुस र अन्य पाँच देशले हाइपरसोनिक क्षेप्यास्त्रमा काम गरिरहेका छन् । यस मामिलामा रुस सबभन्दा अघि छ ।

हाइपरसोनिक मिसाइलहरूले अन्य मिसाइल जस्तै गरी आणविक बम बोक्न सक्छन् । यिनीहरूको गति ध्वनिको भन्दा पाँचगुणा बढी हुन्छ । हाइपरसोनिक मिसाइललाई ट्य्राक गर्न नसकिने भएकाले निकै घातक हुन्छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x