
भारतको दक्षिणी केरला राज्यमा शनिवारको अविरल बर्षा र बाढीका कारण कम्तीमा १८ जनाको ज्यान गएको छ ।
अरू दर्जनौं व्यक्ति बेपत्ता छन् ।
बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ । दक्षिणी राज्य केरलाका इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ ।
कोट्याम जिल्लामा बाढीले बढी क्षति पु¥याएको हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् ।
यहाँ आइतवार पनि वर्षा जारी छ । बाढीका कारण कतिपय स्थानीय सडकहरू अवरुद्ध भएका छन् ।
मौसम् विज्ञान विभागका अधिकारीहरूले आइतवार पनि वर्षा कायमै रहने बताएका छन् । रासस-सिन्ह्वा