०६ असार २०८३, शनिबार

रक्षामन्त्री डा. मीनेन्द्र रिजालले गरे सैनिक मुख्यालयको निरीक्षण

असोज ३१, २०७८
रक्षामन्त्री डा. मीनेन्द्र रिजालले गरे सैनिक मुख्यालयको निरीक्षण

रक्षामन्त्री डा. मीनेन्द्र रिजालले सैनिक मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।

प्रधान सेनापति प्रभुराम शर्माले उनलाई स्वागत गर्दै नेपाली सेनालाई सरकारबाट प्राप्त भइरहेको निर्देशन तथा सहयोगका लागि आभार व्यक्त गरे ।

सो अवसरमा रक्षामन्त्री रिजालले नेपाली सेनाले विपद् व्यवस्थापन र कोभिड–१९ महामारी विरुद्धको प्रतिकार्य तथा विश्व शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

आफ्नो कार्यकालभरि राष्ट्रिय सुरक्षाको प्रवद्र्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रही सेनाले प्राथमिकतामा राखेका कार्य कार्यान्वयनमा स्रोतको सुनिश्चितताका लागि हरसम्भव प्रयत्न हुने उनले बताए ।

प्रधान सेनापति महारथी शर्माले रक्षामन्त्री डा. रिजालको नेतृत्व र निर्देशनमा सेनाको आधुनिकीकरण र पेशागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापति शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको विश्वास दिलाए ।

सो अवसरमा मन्त्री रिजाललाई नेपाली सेनासम्बन्धी विविध पक्षमा केन्द्रीत रही प्रस्तुतीकरण भएको थियो । सो अवसरमा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालसहित मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्