२२ जेठ २०८३, शुक्रबार

श्रममन्त्री श्रेष्ठद्वारा श्रमिकको गुनासो सुनेर मन्त्रालयमा काम शुरू

असोज ३१, २०७८
श्रममन्त्री श्रेष्ठद्वारा श्रमिकको गुनासो सुनेर मन्त्रालयमा काम शुरू

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफ्नै मन्त्रालयका श्रमिकको गुनासो सुनेर कार्य शुरूआत गरेका छन् ।

मन्त्री श्रेष्ठले आइतवार मन्त्रालयमा कार्यालय सहयोगी, सफाइ कर्मचारी र चालकको गुनासो सुनेका हुन् ।

दशैंपछि कार्यालय खुलेको पहिलो दिन मन्त्री श्रेष्ठले मन्त्रालयका तल्लास्तरका श्रमिकको समस्याबारे चासो राखेका सचिवालयले जनाएको छ । सो क्रममा श्रमिकले आफूहरूको महंगी भत्ता काटिएको, तलब थोरै भएकोलगायत गुनासो राखेका थिए ।

मन्त्री श्रेष्ठले समस्या सुनेलगत्तै आफू श्रमजीविको पक्षमा काम गर्नकै लागि जिम्मेवारीमा आएको भन्दै आफ्नो पहिलो प्राथमिकता तल्ला तहका श्रमिकको हकहितको पक्षमा हुने बताए । उनले तत्काल मन्त्रालयका श्रमिकको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी नै श्रम गर्ने श्रमिकको हकहित, रोजगार सिर्जना र रोजगारीमा रहेका श्रमिको सामाजिक सुरक्षाको निम्ति भएको बताए । ‘मेरो पहिलो जिम्मेवारी र दायित्व पसिना बगाएर बाँचिरहेका श्रमिकको हितका निम्ति काम गर्ने हो । मेरो मन्त्रालयको श्रमिकको समस्या सुनें । यसैगरी समस्या बुझेर हरेक ठाउँमा काम गर्ने श्रमिकको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्छु,’ उनले भने ।

मन्त्री श्रेष्ठले बेरोजगार युवालाई उत्पादनसँग जोडेर रोजगारी दिने, विभिन्न उद्योग प्रतिष्ठानमा रोजगारी गरिरहेकाको सामाजिक सुरक्षाको ग्यारेन्टी र सरकारी कार्यालयमा श्रम गरिरहेकाको सामाजिक सुरक्षाको ग्यारेन्टीका लागि तत्काल कदम चाल्ने उल्लेख गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्