असार १५, २०७९
राज्यले जन्मदर्तासम्बन्धी देखिएका समस्यालाई तत्काल समाधान गर्नुपर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । गैरसरकारी संस्था साथसाथले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा सहभागीले बालबालिकालाई ...
वर्षाको समय बाढी वा पहिरोका कारण अवरुद्ध भएका १३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आइसकेका छैनन् ।
सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालू गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ ।
सडक अवरुद्ध हुँदा त्यहाँको जनजीवन नै प्रभावित हुने भएकाले एकातर्फी खुलाउनु पहिलो प्राथमिकता हुने विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार हतारमा एकातर्फ खुलाइएको सडकमा दुवैतर्फ खुलाउने र आवश्यक स्थानमा मर्मत र कालोत्रपको काम अब गरिने छ ।
अहिले एकातर्फबाट मात्रै सञ्चालनमा रहेका सडकमा ‘स्पेसिफिक’ काम गर्नुपर्ने भएकाले त्यो काम ठेक्का लगाएर सम्बन्धित डिभिजन सडक कार्यालयले गर्ने विभागले जनाएको छ । विभागलाई सडक पूरै अवरुद्ध हुँदा एकतर्फी खोल्न चाप हुने तर एकातर्फ खुलेपछि पैदल यात्रु र सवारीसाधन आवत जावत गर्न सक्ने भएकाले फुर्सदमा गर्न सकिने सम्भार महाशाखाका प्रमुखसमेत रहेका अधिकारीले बताए ।
उनले भने, ‘यी काम हामीले वर्षा सकिएपछि नै गर्दै आएका छौं ।’
सडक नै पूरै ठप्प भएको ठाउँमा विभागले पहिले एकातर्फबाट खुलाउन प्राथमिकता दिन्छ भने सवारीसाधनको चाप धेरै भएका ठाउँमा मात्रै त्यही समयमा दुवैतर्फ खुलाउनैपर्छ । नारायणगढ–बुटवल लगायत पूर्वपश्चिम राजमार्गमा दुवैतर्फ नखोल्दा समस्या हुनसक्ने तर पहाडी सडकमा एक लेनले पनि काम गर्ने उनले बताए ।
उनले भने, ‘हामीले सडकको अवस्था हेरेर तत्काल दुवैतर्फ खुलाउने कि एकातर्फ भनी निर्णय गर्दछौं ।’
विगतका वर्षभन्दा यो वर्ष वर्षाका कारण धेरै सडक बिग्रिएका थिए । यो वर्ष लामो समय भारी वर्षाका कारण सडकमा बढी क्षति पुगेको हो । क्षति पुगेकामध्ये अहिले कुनै पनि सडक ठप्प नै नरहेको विभागले जनाएको छ । असारदेखि नै अवरुद्ध रहेको लमजुङको बेंसीशहरदेखि मनाङको चामेसम्मको सडक केही दिन पहिलेदेखि सञ्चालनमा छ । यो वर्ष बेँसीशहर–चामे, अरनिको राजमार्ग, गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेंसी–रसुवागढी सडकमा बढी क्षति पुगेको थियो ।
यो वर्ष वर्षाका कारण २२६ सडक अवरुद्ध भएका थिए । तीमध्ये अहिले ९५ सडक दुवैतर्फ र १३१ सडक एकातर्फबाट सञ्चालनमा छन् ।
राज्यले जन्मदर्तासम्बन्धी देखिएका समस्यालाई तत्काल समाधान गर्नुपर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । गैरसरकारी संस्था साथसाथले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा सहभागीले बालबालिकालाई ...
हिमाल आरोही लाक्पा शेर्पाले १६ दिनभित्र ३ पटक मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । संखुवासभाको मकालु गाउँपालिकामा पर्ने मकालु हिमाल ८ हजार ४८५ मिटर अग्लो छ । लाक्पाले मकालु हिमाल सन् २०२२ को...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् । नेता पौडेलले राष्ट्रिय धान दिवसको अवसर पारेर आज कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय या...
अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती प...
पोखरा-२५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा रमाउँदै विदेशी पर्यटकहरु। तस्वीर-रासस
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु चेकिङ डेढ घण्टा प्रभावित भएको छ । अध्यागमन विभागका सूचना अधिकारी अर्जुन न्यौपानेका अनुसार प्रमुख सर्भर नै डाउन हुँदा डेढ घण्टा यात्रु ...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...