०८ साउन २०८३, शुक्रबार

बेलायतमा सांसदको हत्या गर्ने व्यक्तिको तस्वीर सार्वजनिक

कात्तिक १, २०७८
बेलायतमा सांसदको हत्या गर्ने व्यक्तिको तस्वीर सार्वजनिक

बेलायती सांसद सर डेभिड आमेसको हत्या गर्ने आतंकवादीको तस्वीर सार्वजनिक गरिएको छ । 

अली हर्बी अली नामक २५ वर्षीय युवकलाई प्रहरीले आमेसको हत्याको आरोपमा पक्राउ गरेको छ । कन्जर्भेटिभ पार्टीका आमेस आफ्नो क्षेत्र साउथएन्ड वेस्टमा जनतालाई शुक्रवार अपराह्न भेट्न जाँदा पक्राउ परेका थिए । 

इस्लामी अतिवादीले ६९ वर्षीय आमेसलाई नै किन आक्रमण गरेको हो भन्ने विषयमा प्रहरी र गुप्तचर अधिकारीहरूले केही थाहा पाउन सकेका छैनन् । 

आमेस कट्टर क्याथोलिक र ब्रेक्जिटपक्षधर भउकाले उनलाई राजनीतिक विचारधारा वा धर्मको आधारमा आक्रमण गरिएको हुनसक्ने अनुमान शुरूमा गरिएको थियो । 

तर उनीमाथि आक्रमण गर्ने कुनै विशेष उद्देश्य नरहेको विश्वास अनुसन्धानकर्मीहरूले अहिले आएर गरेका छन् । हत्याका आरोपी अलीले जसलाई पाए पनि मार्ने योजना बनाएको र आमेस त्यसक्रममा तारो बनेको उनीहरूले विश्वास गरेका छन् । 

अली सोमालियाबाट आएर बेलायतमा बसोबास गरिरहेको परिवारका सदस्य थिए । क्रोइडोनस्थित घरमा उनी आमा, दुई बहिनी र एक भाइसँग बस्ने गर्थे । अन्जेम चौधरी नामक कुख्यात धर्मप्रचारकको युट्युब भिडियो हेरेपछि उनी कट्टरपन्थी बनेका थिए । 

उनलाई बेलायत सरकारको प्रतिआतंकवादी कार्यक्रम प्रिभेन्टमा पठाइएको थियो तर उनको व्यवहार उग्रवादी नरहेको भन्दै गुप्तचर संस्था एमआई५लाई खबर गरिएको थिएन । 

एकल आक्रमणकारी आतंकवादीहरू कोभिड–१९ को लकडाउनपछि घरबाट निस्केर आक्रमण बढाउन सक्ने चेतावनी गुप्तचर अधिकारीहरूले मन्त्रीहरूलाई चेतावनी दिएको बेलामा यो आक्रमण भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्