२५ जेठ २०८३, सोमबार

ऋण तिर्नका लागि छोराछोरी बेच्दै अफगानी आमाबुवा

कात्तिक १, २०७८
ऋण तिर्नका लागि छोराछोरी बेच्दै अफगानी आमाबुवा

अफगानिस्तानमा गरीब परिवारका मानिसले ऋण तिर्नका लागि आफ्ना छोराछोरीलाई बेच्नु परिरहेको भयावह घटना सार्वजनिक भएको छ । 

देशको अर्थतन्त्र लगभग धराशायी भएको बेलामा यस्तो घटना भइरहेको हो । 

सालेहा नामक एक महिला हेरात शहरमा घरको सरसफाइ गरेर दिनको जम्मा ८० रुपैयाँ कमाउँछिन् । परिवारलाई खुवाउनका लागि उनले एकजनासँग ६६ हजार रुपैयाँ ऋण काढेकी थिइन् । 

वाल स्ट्रीट जर्नलमा प्रकाशित खबरअनुसार, तीन वर्षीया छोरी नजिबालाई बेचेका ऋण मिनाहा गरिदिने ती व्यक्तिले भनेको सालेहा बताउँछिन् ।

सालेहाले तीन महिनामा ऋण तिर्न सकिनन् भने छोरी लैजाने र आफ्नो एक छोरासँग बिहे गरिदिने पैसा दिनेले बताएका छन् । 

सालेहा जस्तै अरू मानिस पनि अफगानिस्तानमा दयनीय अवस्थामा बसिरहेका छन् । त्यहाँ नगद सञ्चितिको अभाव छ र अन्तर्राष्ट्रिय सहायता कटौती गरिएको छ । 

हेरातका अन्य परिवारले पनि ऋण चुक्ता गर्नका लागि छोराछोरी बेच्न बाध्य भएको स्थानीयहरू बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्