नेकपा (एस)ले  ‘समाजवादी’ मुखपत्र र ‘कलम’ बुलेटिन प्रकाशन गर्ने

नेकपा (एस)ले  ‘समाजवादी’ मुखपत्र र ‘कलम’ बुलेटिन प्रकाशन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ‘समाजवादी’ नामक पार्टीको मुखपत्र प्रकाशन गर्ने भएको छ । साथै ‘कलम’ नामको बुलेटिन पनि प्रकाशन गर्ने जानकारी दिइएको छ । 


Advertisement

समाजवादको दार्शनिक चिन्तन पार्टीको वैचारिक दृष्टिकोण, विज्ञका लेख तथा रचनालगायत विषयवस्तु समावेश गरी त्रैमासिकरुपमा मुखपत्र प्रकाशनका लागि तयारी भइरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।


Advertisement

यही कात्तिकभित्र बुलेटिन प्रकाशन गर्ने गरी गृहकार्य भइरहेको छ । सत्यतथ्य सूचनामा आधारित बुलेटिनमा पार्टीका विभिन्न वर्गीय संगठनका स्थानीय तह, प्रदेश तथा संघीय गतिविधिलाई समेटिने बताइएको छ । 

छलफल कार्यक्रममा सहभागीले ती प्रकाशनलाई व्यवस्थितरुपमा प्रकाशन गर्न देशभर समाचार संकलनको संयन्त्र प्रभावकारी बनाउन, भाषा, साहित्यलाई महत्व दिन र सम्पादनका क्षेत्रमा दक्ष जनशक्तिलाई जिम्मेवारी दिन सुझाव दिएका थिए ।


Advertisement

यही कात्तिकको तेस्रो सातासम्म पार्टी निकट समाजवादी प्रेस संगठनको भेला गरी घोषणा सभा गरिने समाजवादी प्रेस संगठनका सदस्य विश्वमणि सुवेदीले जानकारी दिए । 

सो संगठनका संयोजक शम्भु श्रेष्ठलाई पार्टीले हालै प्रचार विभागको उपप्रमुख तोकेको छ ।

कमेन्ट गर्नुहोस्