०४ असार २०८३, बिहीबार

यस्ता छन् नेपाल–चीन परामर्श संयन्त्रको बैठकका निर्णय

कात्तिक २०, २०७४
यस्ता छन् नेपाल–चीन परामर्श संयन्त्रको बैठकका निर्णय


काठमाडौँ, ६ असार - भूकम्पका कारण अवरुद्ध भएको तातोपानी नाका शीघ्र सञ्चालन गर्न नेपाल र चीनले सहकार्य गर्ने भएका छन् ।nepal_and_china

आज यहाँ सम्पन्न संयुक्त परामर्श संयन्त्रको एघारौँ बैठकमा उक्त नाका शीघ्र सञ्चालन गर्न दुवै मुलुकले मिलेर काम गर्ने भएको हो ।

बैठकमा नेपाल–चीन सम्बन्धका राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत समग्र पक्षमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार बैठकमा विशेषगरी दुई मुलुक बीचको राजनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने, उच्चस्तरीय भ्रमण र भेटघाटलाई थप विस्तार गर्ने, आर्थिक सम्बन्धलाई अझ बढी सुदृढ बनाउने, व्यापार, पर्यटन प्रवद्र्धन, लगानी, पूर्वाधार विकास, जनस्तरको सम्बन्ध विस्तारलगायत आपसी हितका अन्य क्षेत्रमा सहयोग आदान–प्रदान गर्ने विषयमा छलफल भएको छ ।

त्यसैगरी, बैठकमा दुवै मुलुकबीच विगतमा सम्पन्न सम्झौता तथा सहमतिको कार्यान्वयन गर्ने तथा छलफलमा रहेका आर्थिक सहयोगसम्बन्धी सम्झौता र समझदारीलाई आपसी सहमतिमा यथाशीघ्र टुङ्गोमा पु¥याउने सम्बन्धमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र चीनबीच हालै सम्पन्न ‘वेल्ट एन्ड रोड इनिसिएटिभ’ अन्तर्गत सहयोगसम्बन्धी सम्झौताले समेटेका विषयलाई कार्यान्वयन गर्ने तथा दुवै मुलुकबीच स्थापित द्विपक्षीय विषयगत परामर्श संयन्त्रको नियमित बैठक आयोजना गर्ने बारेमा पनि बैठकमा छलफल भएको जनाएको छ ।

चिनियाँ सहयोगमा सञ्चालित परियोजना र कार्यक्रमको तदारुकताका साथ कार्यान्वयन गर्न तथा भावी दिनमा आर्थिक सहयोग र सहकार्यलाई गति दिन अन्तर निकाय समन्वय बढाउन दुवै मुलुकका परराष्ट्र मन्त्रालयले मिलेर काम गर्ने सम्बन्धमासमेत छलफल भएको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए ।

दुवै मुलुकबाट हुने उच्चस्तरीय भ्रमण आदान प्रदानका लागि नेपाल र चीनको परराष्ट्र मन्त्रालयबीच नियमितरुपमा सम्पर्कमा रही सहकार्य गर्ने तथा सन् २०१७ लाई चीनमा नेपाल पर्यटन प्रवद्र्धन वर्ष घोषणा भएको सन्दर्भमा नेपालको पर्यटन प्रवद्र्धनका लागि दुवै देशका सरोकारवाला निकायहरु मिलेर प्रवद्र्धनात्मक कार्यक्रम चीनमा सञ्चालन गर्ने र यसका लागि दुवै राष्ट्रका परराष्ट्र मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गर्ने सहमति भएको उनले जानकारी दिए ।

नेपाल–चीन सम्बन्धका सबै विषयको समीक्षा र भावी दिनको कार्यदिशा तय गर्न सन् १९९६ मा दुवै मुलुकका परराष्ट्र सचिवस्तरमा उक्त संयन्त्र गठन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्