३१ जेठ २०८३, आइतबार

काठमाडौँ महानगरपालिकाको निर्णय : वरिष्ठ ज्येष्ठ नागरिकको भत्ता वृद्धि

कात्तिक २०, २०७४
काठमाडौँ महानगरपालिकाको निर्णय : वरिष्ठ ज्येष्ठ नागरिकको भत्ता वृद्धि


काठमाडौँ, ६ असार - काठमाडौँ महानगर कार्यपालिकाको आजको बैठकले विगतमा ८८ वर्ष उमेर पुगेका वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप वार्षिक रु १० हजार महानगर भत्ता एकमुष्ठ प्रदान गर्दै आएकामा चालु आव देखि उक्त भत्ता रकममा वृद्धि गरी रु १२ हजार दिने निर्णय गरेको छ ।bidhya sundar
बैठकले आर्थिक वर्षभित्र विकासको काम सुरु गर्ने गरी सबै वडा कार्यलयमा रु २५ लाख बजेट दिने, दुई महिनाभित्र महानगरपालिकाको सङ्गठन सर्वेक्षण गरी दरबन्दी र कार्यविवरणसहितको प्रतिवेदन तयार गर्ने निर्णय गरेको बैठकपछि प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
बैठकले नगर क्षेत्रमा साविकदेखि सञ्चालनमा आएका भाडाका ट्याक्सी मिटरमा गुड्नुपर्ने कानुनी व्यवस्थाको अनिवार्य पालना गराउने, ट्याक्सी पुराना भएको भनी प्राप्त जनगुनासोलाई दृष्टिगत गरी उक्त विषयमा सम्बद्ध यातायात व्यवस्था विभाग र उपत्यका ट्राफिक प्रहरी महाशाखा समेतलाई कडा नियमन गर्न अनुरोध गर्ने साथै महानगपालिकाको सहरी क्षेत्रमा सर्वसुलभ ठूला यात्रु बस सञ्चालन गर्ने नीति तथा कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।
अबका दिनमा महानगरभित्र पुनःनिर्माणको कार्य गर्दा पुरातात्विक सम्पदालाई प्राथामिकता दिने प्रमुख शाक्यले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्