
नदीले बगाउँदा कैलालीमा १ जना बेपत्ता भएका छन् ।
जिल्लाको खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–८ का ३० वर्षीय गणेश आउजी सोमवार बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।
खुटीया पुलदेखि १ किलोमिटर उत्तरतर्फ खोलामा ढुंगा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता भएको विष्टले बताए ।
बेपत्ता आउजीको खोजीका लागि अहिले गोताखोर सहितको टोली घटनास्थलमा गएको बताइएको छ ।