०२ असार २०८३, मंगलबार

निर्वाचनमा खटिए २० हजार सशस्त्र प्रहरी

कात्तिक २०, २०७४
निर्वाचनमा खटिए २० हजार सशस्त्र प्रहरी
काठमाडौँ, ७ असार - सशस्त्र प्रहरी बलले दोस्रो चरणको स्थानीय निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा २० हजार ६१५ जना सशस्त्र प्रहरी खटाएको छ, गोरखापत्रमा खबर छ ।APF-Police-Nepal
सशस्त्र प्रहरी बल समाचार कक्षका अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम केसी र रामशरण पौडेल निर्वाचन सुरक्षाका लागि विभिन्न प्रदेशमा खटिएका छन् । उनीहरूले निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि निर्वाचन केन्द्र, मतदान केन्द्र र जिल्लामा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई अनुशिक्षण कार्यका साथै समन्वय, अनुगमन तथा निरीक्षण निर्देशन दिने जनाइएको छ ।
खटिएकामध्ये १ नम्बर प्रदेशमा १४ जिल्लामा सात हजार ६६२, ५ नम्बर प्रदेशका १२ जिल्लामा सात हजार ७९१ र ७ नम्बर प्रदेशका नौ जिल्लामा तीन हजार ७८८ जना छन् ।

salt training

कमेन्ट गर्नुहोस्