३१ जेठ २०८३, आइतबार

ग्वार्को चोकमा दुई वर्षभित्र फ्लाइओभर बन्ने

कात्तिक २, २०७८
ग्वार्को चोकमा दुई वर्षभित्र फ्लाइओभर बन्ने

व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यवस्थापन गर्न ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा दुई वर्षभित्र ‘फ्लाइओभर’ बन्ने सम्भावना देखिएको छ । सडक  विभागअन्तर्गतको  गुणस्तर,  अनुसन्धान  तथा  विकास  केन्द्रका  निर्देशक  डा.  विजय  जैसीका  अनुसार  फ्लाइओभर  निर्माणका  लागि  प्रारम्भिक  रूपमा  सातवटा  कम्पनी छनोट भएका छन् । यीमध्ये निश्चित मापदण्डभित्र रहेर कुनै एक कम्पनीसँग एक महिनाभित्रै निर्माण सम्झौता हुने  जानकारी  जैसीले दिए ।
उनले  सम्झौतामा  दुई वर्षभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने प्रावधान राखिने बताए ।  यसअनुसार  कुनै  बाधा  अवरोध  नभए  दुई  वर्षभित्रै ‘फ्लाइओभर’ निर्माण हुनेछ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्