०३ साउन २०८३, आइतबार

नेपाल बैंकले गर्‍यो डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम

कात्तिक २, २०७८
नेपाल बैंकले गर्‍यो डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम

रामेछापको लिखुतामाकोसी गाउँपालिका–६ वडा कार्यालयको आयोजना तथा नेपाल बैंक लिमिटेडको सहकार्यमा २३ असोजमा तामाकोसी जनजागृति मा.वि. खिम्तीमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । सो अवसरमा दशैंतिहारको शुभकामना आदानप्रदान पनि गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका वन, वातावरण तथा उद्योग मन्त्री शान्तिप्रसाद पौडेलले आर्थिक विकासको लागि सरकार र बैकिङ क्षेत्रको सहकार्यको अनिवार्य आवश्यकता रहेको र यसको लागि सरकार सधैं तयार रहेको कुरा बताए । 

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले ग्राहकले बैंकप्रति देखाएको विश्वास प्रति कृतज्ञता प्रकट गरे । उनले नेपालको पहिलो बैंकको रुपमा रहेको नेपाल बैंकले ग्राहकको चाहना अनुसार प्रतिस्पर्धी मूूल्यमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराएको जानकारी गराए । 

वडाध्यक्ष शिवप्रसाद न्यौपानेको सभापतित्वमा सञ्चालित सो वित्तीय साक्षरता कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक पहाडी, रामेछाप जिल्लाका प्रहरी प्रमुख नवराज ढुंगाना, लिखुतामाकोसी गाउँपालिकाका उप–प्रमुख दिपशिखा दाहाल र नेपाल बैंकका बागमती प्रादेशिक कार्यालयका प्रमुख विनय केसरी पौडेल, व्यवसायी, उद्योगी, विद्यार्थीलगायतको उपस्थिति थियो । 

salt training

कमेन्ट गर्नुहोस्