०२ असार २०८३, मंगलबार

किन कमजोर बन्यो मनसुन ?

कात्तिक २०, २०७४
किन कमजोर बन्यो मनसुन ?
काठमाडौं, ७ असार - नेपालमा १० जुनदेखि मनसुन सुरु हुन्छ । यो वर्ष दुई दिन ढिलो मनसुन सुरु भयो । तर मनसुन सुरु भएको आठ दिन बितिसक्दा पनि सक्रिय हुन सकेको छैन, आजको राजधानी दैनिकमा खबर छ ।weather

यसको कारण के हो त ? मौसमविद्हरू एलनिनोका कारण मौसम कमजोर बनेको दाबी गर्छन् । मनसुनी वायु मुलुभर फैलिइसके पनि कमजोर हुनुमा एलनिनो प्रमुख कारण भएको देख्छन्, मौसमविद्हरू । एलनिनोको प्रभाव अझै जुन महिनाभरि रहने र जुनभर कम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

नेपालमा २९ जेठबाट मुलुकको पूर्वी भागबाट मनसुन प्रवेश गरेको हो । तर अहिलेसम्म पनि सक्रिय नहुँदा त्यसको प्रभाव कृषि क्षेत्रमा देखापरिसकेको छ । जेठ अन्तिमबाट नै रोपाइँ सुरु हुने क्षेत्रमा वर्षा नहुँदा रोपाइँ प्रभावित बन्न थालेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीको दाबी मान्ने हो भने अझै केही दिन ठूलो वर्षा हुने संकेतसम्म पनि देखिँदैन । ‘केही दिनयता मौसममा फेरबदल भइरहे पनि पर्याप्त वर्षा हुन सकिरहेको छैन,’ मौसमविद् सुवेदीले भने, ‘मनसुनको आगमन पूर्वमा कमजोर तरिकाले आएको हुँदा यो सक्रिय हुन नसकेको हो ।’

‘मनसुनी वर्षा राम्रो हुनका लागि पश्चिमी वायुको प्रभाव कम हुनुपर्छ तर यो वायु अझै पनि रहिरहेको छ,’ अर्का मौसमविद् सुवास रिमालले भने, ‘मनसुनी वायुले पश्चिमी वायुलाई धकेलेर शिथिल पार्ने कार्य सोचेजस्तो भएको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्