
कात्तिक ९ गतेका लागि तय भएको प्रतिनिधि सभाको बैठक दुई दिन पछिका लागि सारिएको छ ।
संघीय संसद सचिवालयका महासचिव डा. भरत गौतमले मंगलवार एक सूचना प्रकाशित गरी कात्तिक ९ गतेका लागि तय भएको बैठक कात्तिक ११ गते बिहीवारसम्मको लागि सारिएको जानकारी गराएका हुन् ।
असोज २५ गते बसेको बैठक कात्तिक ९ गतेसम्मको लागि स्थगित भएको थियो । भदौ २३ गते शुरू भएको संसद् अधिवेशन नेकपा एमालेको नाराबाजीका कारण लगातार अवरुद्ध हुँदै आएको छ ।
