०४ असार २०८३, बिहीबार

अब काठमाडौंबाट चार घन्टामै केरुङ !

कात्तिक २०, २०७४
अब काठमाडौंबाट चार घन्टामै केरुङ !
रसुवा, ७ असार- काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्ववको सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने भएको छ । मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी पाएको नेपाली सेनाले ७ किलोमिटर डबल लेन, ८ किलोमिटर सिंगल लेन खोलिसकेको छ भने १ किलोमिटर खोल्न बाँकी छ ।kerungयसपछि गल्छी-बेत्रावती-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी जोड्ने उक्त सडक हुँदै राजधानी काठमाडौंबाट चीनको केरुङ करिब ४ घन्टामै पुगिनेछ । चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको छ , अन्नपूर्ण पोस्टमा खबर छ ।
उक्त सडकखण्ड ट्र्याक खोल्ने जिम्मेवारी पाएका मेजर सञ्जय केसीले मैलुङबाट स्याफ्रुबेसीसम्मको सडकखण्ड जोड्न अब एक किलोमिटर मात्र बाँकी रहेको र उक्त काम असारभित्रै सम्पन्न गर्ने जानकारी दिए ।
निर्माणाधीन सडक पासाङल्यामु राजमार्ग वेत्रावती-धुन्चे-स्याफ्रुबेसीको वैकल्पिक मार्ग हो । नयाँ सडक बनेपछि उत्तर (चीनको केरुङ)-दक्षिण (भारतको ठोरी) जोडिनेछ जुन त्रिदेशीय सडक जोड्ने सबैभन्दा छोटो सडक हुनेछ । उक्त खण्ड एउटा पनि घुम्ती सडक नहुनेगरी बनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्