०५ साउन २०८३, मंगलबार

अमेरिकाकी टीभी रिपोर्टरले पुटिनसँग फ्लर्ट गरेको आरोप (भिडियो)

कात्तिक २, २०७८
अमेरिकाकी टीभी रिपोर्टरले पुटिनसँग फ्लर्ट गरेको आरोप (भिडियो)

अमेरिकाको सीएनबीसी टीभीकी संवाददाता हेड्ली ग्याम्बलले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फ्लर्ट गर्न खोजेको आरोप लागेको छ । 

शारीरिक हाउभाउको अध्ययन गर्ने ड्यारन स्ट्यान्टनले पुटिनसँग मस्किनका लागि ग्याम्बलले विभिन्न उपाय अपनाएको बताए । 

ग्याम्बलले पुटिनलाई गत साता मस्कोमा आयोजित ऊर्जा सम्मेलनमा भेटेकी थिइन् । 

महिलाले पुरुषसँग मस्किने १० वटा संकेत हुन्छन् र ग्याम्बलले तीमध्ये आठवटा जति संकेत देखाएको स्ट्यान्टनको भनाइ छ । 

कपाल औैैंलाले घुमाउने, जुत्ता चलाउने, हावामा खुट्टा घुमाउने, आँखीभौं सन्काउने लगायतका संकेतले महिला पुरुषसँग भेटेर साँच्चै खुशी भएको देखाउँछ । 

आरटीले पनि ग्याम्बल पुटिनसँग मस्किरहेको टिप्पणी गरेको थियो । 

तर ग्याम्बलले हाँस्दै यो टिप्पणीलाई अस्वीकार गरिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्