०८ असार २०८३, सोमबार

बझाङमा घरमाथि पहिरो खस्दा २३ जना बेपत्ता

कात्तिक २, २०७८
बझाङमा घरमाथि पहिरो खस्दा २३ जना बेपत्ता
प्रतिकात्मक तस्वीर

बझाङ जिल्लाको थलारा गाउँपालिका–४ डिख्लामा घरमाथि पहिरो खस्दा २३ जना बेपत्ता भएका छन् ।

डिख्लामा मंगलवार बिहान पहिरो जाँदा २३ जना बेपत्ता भएको स्थानीय शान्ति माविका शिक्षक मदन साउँदले जानकारी दिए ।

बेपत्ता हुनेमा गगन सार्कीका एकैघरका १८ जना र नरे पार्कीको घरका ५ जना छन् । गगन सार्की रोजगारीका लागि भारतमा छन् भने उनका माइला छोरा काले सार्की सकुशल रहेका जनाइएको छ ।

पहिरोको क्षतिबारे जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय बझाङमा सम्पर्क हुन सकेन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्दले एनटीसीका नम्बरमा सम्पर्क नहुँदा सूचना प्राप्त हुन नसकेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्